कीर्तिपुर मैदनमा नयाँ डिजिटल स्कोर बोर्ड, दर्शकका लागि ‘फ्यान ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हाल्नु भएको छ ।
बुधबार दिउँसो राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग लिएसँगै उहाँले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर कार्यभार सम्हाल्नु भएको हो ।
कार्यकक्षमै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री भट्टराईले आफू काम लगाउनभन्दा पनि सिक्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म काम लगाउन आएको होइन, सिक्न आएको हो ।’ उहाँले सबैले मिलेर काम गरेमा अघि बढ्ने सकिने बताउनुभयो ।
त्यस्तै उहाँले तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्मरण गर्दै उहाँका अपुरा काम आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गएको फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आउनुभएको थियो ।
लामो समय सुखदुःखमा अधिकारीसँगै रहेको बताउँदै नवनियुक्त मन्त्री भट्टराईले भन्नुभयो, ‘घनिष्ट मित्र गुमायाैँ । म सम्झन चाहन्छु । लामो समय बिताइयो, सुख दुःखमा सँगै हिँडेका थियौँ, उहाँले राम्रोसँग यो मन्त्रालय सम्हाल्नुहुन्थ्यो, तर घटनालाई जित्न सकेनौँ ।’
त्यस्तै मन्त्री भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीकै रुपमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज उहाँको कुर्सीमा छु, म उत्तराधिकारी जस्तो भएर आएको छु, यसो भन्दा मलाई अफसोच छैन । म रवीन्द्र अधिकारीको उत्तराधिकारी भएको छु ।’
त्यस्तै उहाँले रवीन्द्र अधिकारीले अगाडि सारेका कामहरु पूरा गर्ने बताउनुभयो । ‘म यहाँ एउटा परिस्थितिले आकस्मिक रुपमा आएँ, रवीन्द्र अधिकारीका अपुरा काम पूरा गर्नेछु ।’
नेपाल भ्रमण वर्ष–२०२० नजिकिँदै गर्दा विभागीय मन्त्री नहुँदा कामकारबाहीमा समस्या उत्पन्न हुँदै आएको थियो । रिक्त रहेको सम्बन्धित मन्त्रालयमा मन्त्री नियुक्त गर्न पार्टी भित्रैबाट दबाब थियो । प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्री बनाउने विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग छलफल नै गर्नुभएको थियो ।
नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।
यसअघि चुनावका बेला ताप्लेजुङमा भएको चुनावी सभामा ओलीले ‘योगेशलाई जिताएर पठाउनुस् मन्त्री बनाउने काम मेरो भयो’ भन्ने अभिव्यक्ति नै दिनुभएको थियो ।
भट्टराईले नेपाली कांग्रेसका उम्मेद्वार केशवप्रसाद दाहाललाई २ हजारभन्दा बढी मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । भट्टराईको १९४८९ मत आउँदा दाहालले १६८८८ मत ल्याउनुभएको थियो ।
सम्बन्धित समाचार
पर्यटन मन्त्री योगेश भट्टराईद्वारा सपथ |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।