मनसुनी गतिविधि कमजोर, केही भूभागमा वर्षाको सम्भावना

 साउन १६, २०७६ बिहिबार ८:१०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनसुनी न्यूनचापीय रेखा (मनसुनी वर्षा गराउने प्रणाली) नेपालबाट दक्षिणतिर सरेकाले केही दिनदेखि मनसुनी गतिविधि कमजोर भइरहेको छ ।

बिहीबार पनि देशभरको मौसम सामान्य बदलीको अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनी गतिविधि कमजोर भएका कारण ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदहरुले बताएका छन् । स्थानीय वायुको प्रभावका कारण केही भूभागमा सामान्य वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । 

अबको केही दिनमा मनसुनी गतिविधि सक्रिय हुने मौसमविद्हरुले पूर्वानुमान गरेको छन् । अहिले दक्षिणतिर सरिरहेको मनसुनी न्यूनचापीय रेखा अबको २/३ दिनमा पूर्वतिर सर्ने सम्भावना भएकाले मनसुनी गतिविधि बढ्ने महाशाखाले जनाएको हो । 

मनसुनी गतिविधि कमजोर बन्दा केही दिनदेखि देशका अधिकांश भूभागको तापक्रम बढ्दै गइरहेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया