‘ब्रेक्जिट’ मुद्दाले बेलायतमा राजनैतिक संकट बढ्यो, दुई मन्त्रीले दिए राजीनामा

 असार २५, २०७५ सोमबार २०:१८:१२ | एजेन्सी

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का विषयमा उत्पन्न राजनैतिक संकटका बीच दुई जना मन्त्रीले राजीनामा दिएका छन् । 

 

प्रधानमन्त्री टरिजा मेसँगको असन्तुष्टिका कारण बेलायतका विदेशमन्त्री र ब्रेक्जिट मन्त्रीले राजीनामा दिएका हुन् । विदेशमन्त्री बोरिस जोन्सनले प्रधानमन्त्री मेको संसदमा सम्बोधन सुरु हुनुभन्दा आधा घण्टा अघि राजीनामा दिएका छन् । 

यसअघि आजै युरोपेली युनियनबाट बेलायतको बहिर्गमनका विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका बेलायतका ब्रेक्जिट मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका थिए , । 

डेभिसले राजीनामा दिएपछि बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान गरिएको छ । 

इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उहाँको राजीनामा आएको छ । यसबाट पर्ने प्रभावका बारेमा यहाँ विचार विमर्श सुरु भएको छ । 

कतिपय विश्लेषकहरुले डेभिसको राजीनामाबाट प्रधानमन्त्री मेको ब्रेक्जिटसम्बन्धी भावी योजना नै अप्ठेरोमा पर्न सक्ने पनि जनाएका छन् । 

इयुसँग वार्ता गर्ने कार्यलाई नै प्रमुख जिम्मेवारी दिएर डेभिस ब्रेक्जिट मन्त्रीको रुपमा सन् २०१६ मा नियुक्त भएका थिए । तर ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरुले भने डेभिसको राजिनामाको स्वागत गरेका छन् । 

यस विषयमा बेलायतमा भद्रगोलको अवस्था रहेको र थेरेसा मेसँग ब्रेक्जिटको बारेमा सही र समर्थन बाँकी नरहेको लेबर पार्टीका प्रमुख इयान लेभरीले बताएका छन् ।

ब्रेक्जिट वार्ताहरुको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिनुभएका अडानका बारेमा उनको मतभेद पनि भएको बताइएको थियो । 

त्यसै कारण पनि मन्त्री डेभिसले यसअघि नै पनि धेरै पटक राजीनामा दिने चेतावनी दिएका थिए । उहाँले राजीनामा दिए पनि सरकारभित्र भने उनको असन्तुष्टि नरहेको बताइएको छ । ब्रेक्जिट वार्ताहरुको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिएका अडानहरुका बारेमा उनको मतभेद पनि भएको बताइएको थियो । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया