बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
मोरङ - मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान एक बालकको मृत्यु भएको छ।
लेटाङ-३, त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय सौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताउनुभयाे ।
डीएसपी खिउजुका अनुसार सौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतेका बेला सौजनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको र मृत्यु भएको खिउजुले जानकारी दिनुभयाे।
चार्ज गर्दै मोबाइलमा गेम खेलिरहेका उनलाई एक्कासी करेन्ट लागेको र सुरजले खाटको भित्तापट्टी सुतेको साथी एक्कासी छट्पटाउन थालेपछि बुवा–आमालाई बोलाएका थिए। चार्जमा रहेको मोबाइलबाट साैजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेका बेला मोबाइल साैजनको हातमै थियो। घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेकाे, साैजनको घाँटीमा डढेको अवस्थामा भेटिएकाे बताउँदै प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।