राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४ सय ८२ जनाको बाँकी कैद मिनाहा
जेठ १४, २०८० आइतबार
भोजपुर – ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा भोजपुरमा एक युवक पक्राउ परेका छन् ।
हतुवागढी गाउँपालिका– २ का एक युवकले आमचोक गाउँपालिका –६ की बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बलात्कार गर्ने युवकको परिचय खुलाइएको छैन । गएको साउन १५ गते घर नजिकै रहेको जंगलमा बालिका गोठालो गएको मौका पारेर युवकले बालिकामाथि बलात्कार गरेका थिए ।
बालिकाले घटनाको बारेमा भोलिपल्ट मात्र आमालाई बताएकी थिइन् । त्यसपछि बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालयमा भोजपुरमा उजुरी दिएका थिए ।
पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । अरोपी युवकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।