भन्सार छलेर सामान आयात गर्ने व्यापारी पक्राउ

 असार २६, २०७५ मंगलबार ८:३७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – भन्सार छलेर भारतबाट नेपाल सामान आयात गर्ने बुटवलका एकजना व्यापारी पक्राउ परेका छन् । बिलमा उल्लेख गरेभन्दा फरक सामान र बढी परिमाण आयात गरेको पाइएपछि जय मातादी ट्रेडर्स बुटवलका संचालन राजेन्द्र शर्मालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सीमा सुरक्षा शसस्त्र प्रहरी बल गुल्मको मोवाइल टोलीले रुपन्देही देबदह नगरपालिका ११ शुक्रौली भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा लु १ च ९५८९ नम्बरको पिकअफ गाडीबाट बिलमा उल्लेख भएको भन्दा फरक सामान र बढी परिमाण सामान फेला परेको हो ।

पक्राउपछि शर्मालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको राजश्व अनुसन्धान कार्यालय बुटवलले जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया