रक्सी पिएर एम्बुलेन्स चलाउने दुई चालक पक्राउ

 साउन १९, २०७६ आइतबार २०:२५:४९ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - रक्सी पिएर एम्बुलेन्स चलाउने दुई चालकलाई शनिबार राति प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

अस्पतालमा बिरामी पुर्याएर फर्कँदै गरेका एम्बुलेन्सका २ चालकलाई विराटनगर कञ्चनबारी चोकबाट पक्राउ गरिएको हो । बिरामी नभएको एम्बुलेन्स चर्को स्वरमा साइरन बजाउँदै र जथाभावी चलाउँदै गरेको अवस्थामा मापसे चेक गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विराटनगर ५ बस्ने २७ वर्षीय मुकेश चौहान र मोरङको सुनवर्सी नगरपालिका-६ बस्ने  ३५ वर्षीय पूर्ण तामाङ रहेका छन् । तामाङले विप्लप थापा गोदार स्मृति प्रतिष्ठान नेपालको को २ च३१२१  नम्बरको एम्बुलेन्स चलाएका थिए भने चौहानले को १ च ४०७१ नम्बरको एम्बुलेन्स चलाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले जानकारी दिनुभयाे ।

पक्राउ परेका दुवैजना जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र दुवैलाई अभद्र व्यवहारसम्बन्धी मुद्धा चलाइने  डीएसपी खिउजुले बताउनुभयाे । 

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया