बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
मोरङ – चिसाङ खोलामा आएको बाढीले करोडौँ मूल्यको खेतीयोग्य जमिन बगाएपछि मोरङका किसानका आँखामा आँसु छचल्किएको छ । गएको असार २४ गते चिसाङ खोलामा आएको बाढीले धान खेतीसहित खेत बगाएपछि यहाँका किसान अब भोलिका दिनमा के खाने भन्ने पिरलोमा छन् ।
रंगेली नगरपालिका वडा नम्बर ४, ८ र ९ मा रहेका चोप्राहा, निसान थान, झर्ना घुटु , बाबुसाहेव टोल, दौलतपुरलगायतका स्थानमा खेतीयोग्य जमिन खोलाले कटान गरेको हो । खोलाले खेत कटान गरेपछि सयौ बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
स्थानीय, प्रदेश र संघको निर्वाचनको बेलामा स्थानीयको माग दरिलो तटबन्ध थियो । तर त्यसको सुनुवाइ नहुँदा किसानहरु अहिले खेतीयोग्य जमिन बगाएपछि पुर्पुरामा हात राखेर बस्नुको विकल्प छैन ।
चुनावका बेलामा नागरिकसमक्ष गरिएको बाचा अनुसार खोलामा तटबन्ध निर्माण गरिएको भए अहिले यो समस्या आँउदैन थियो । स्थानीय सूर्यबहादुर कार्की भन्नुहुन्छ ‘चुनाव जितेपछि नेताहरु नागरिकका समस्या देख्दैनन् । बाढीले डेढ विघा खेत खोलामा पुग्यो, हाम्रो समस्या कसले बुझिदिने ?’
यहाँका सबैजसो किसानका गुनासा एकै किसिमका छन् । सबैका खेत बगेका छन् । खोलाले क्षती गरेको बारेमा अहिलेसम्म सोधीखोजी गर्न कोही नआएको किसानहरुकोको गुनासो छ ।
रंगेली–४ चोप्राहाका किसान सत्यदेव मण्डलको चार परिवारको पालन पोषणको एकमात्र सहारा साढे २ बिगाहा खेत खोलाले बगाएको छ । भएको खेत बक्राहा खोलाले बगाएपछि खेतको नाममा १० कठ्ठा मात्रै बाँकी बसेको उहाँले बताउनुभयो । भएको खेत खोलामा परिणत भएपछि अब परिवार कसरी पाल्ने भन्ने पीडाले मण्डलको परिवारलाई सताएको छ ।
यही ठाउँका उपेन्द्र मण्डलको पनि परिवारको गर्जो टार्ने एकमात्र स्रोत थियो डेढ बिगाहा खेत । उहाँको पनि सबै खेत बाढीले बगाएर बगरमा परिणत भयो । १० जनाको परिवारको आम्दानीको एकमात्र स्रोत खोलाले बगाएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता छन् उपेन्द्र ।
यी किसान जस्तै सयौँ किसानको खेत बगरमा परिणत भएको छ । समयमै खोेलाका तटबन्ध निर्माण नगरिँदा हरेक वर्ष किसानहरु भूमिहीन बन्दै गइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।