पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : स...
चैत ३, २०८१ आइतबार
काठमाडाैं – नारायणगढ– मुग्लिन सडकखण्ड दुईतर्फी नै खुलेको छ । केहीबेर अघिदेखि दुईतर्फी नै बाटो खुलेको मुग्लिन प्रहरीले जनाएको छ । बिहान ५ बजेतिर खसेको पहिरो हटाए पछि अघि ११ बजेदेखि सडक खुलेको हो ।
घुमाउने, कालिखोला, गाइघाट र तोपे खोलामा राती पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो । पहिरो पन्छाउँदै बाटो एकतर्फी खुलाइएको थियो । अहिले सबै ठाउँको पहिरो हटिसकेको मुग्लिन –नारायणगढ सडकखण्ड आयोजनाले जनाएको छ ।
तर बाटो अवरुद्ध हुँदा लामो जाम भएकाले गाडीको आवागमन सामान्य हुन समय लाग्ने आयोजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।