असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकी पछिल्लो समय अशोक दर्जीका कारण चर्चामा आए ।
बिहान बेलुकाको छाक टार्न समेत गाह्रो परिरहेको एक बालकलाई टंकले सहज जीवन शैली दिने प्रयास गरे । राम्रो गाउन सक्ने तर पहुँच नभएका कारण ठाउँमा पुग्न नसकेका अशोकलाई उनले गाउँबाट काठमाडौं ल्याए र एकाएक गायक बनाइदिए ।
काठमाडौं आएर एउटा गीत सार्वजनिक गर्ने वित्तिकै अशोकलाई स्टेज कार्यक्रमहरुमा भ्याई नभ्याई भएको छ । यो सबै टंक बुढाथोकीको सहयोगले सम्भव भएको हो । साथै टंकले अशोकको शिक्षाको पनि ख्याल गर्दै विद्यालयमा भर्ना समेत गरिदिएका छन् ।
तर उनले गरेका यी सबै कामले उनी पछिल्लो समय आलोचनाको सिकार भएका छन् । अशोकलाई सहयोग गर्दा उनी स्वंयमलाई भने तनाव सिर्जना भएको छ । सामाजिक सञ्जालमा उनका बारेमा नकारात्मक टिकाटिप्पणीहरु भइरहेका छन् । धेरैले उनले यो काम आफ्नो स्वार्थको लागि गरिरहेको आरोप पनि लगाएका छन् ।
अशोक काठमाडौं आएदेखि नै टंकले अशोकका हरेक पलहरु युट्यूबमा भिडियो बनाएर सेयर गर्ने गरेका कारण टंकलाई धेरैले पैसाको लागि अशोकलाई प्रयोग गरेको आरोप समेत लगाएका छन् । यहि कारण टंक पछिल्ला केही दिनहरुमा बढी ट्रोल भइरहेका छन् । आफ्नो कामलाई आलोचना गरेको र ट्रोल बनाएको कुराले टंकलाई तनाव भएको छ । उनले सामाजिक सञ्जाल मार्फत नै यस्ता कुराहरुले आफूलाई अशोकको लागि अझ राम्रा कामहरु गर्न समस्या भइरहेको बताएका छन् ।
हालै मात्र सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले आफूलाई यस्ता टिप्पणीले अशोकका लागि अझ राम्रा कामहरु गर्न कठिन भइरहेको र यस्ता भ्रमक कुराहरु नगर्न सबैलाई अनुरोध पनि गरेका छन् ।
विशेष गरी उनले भ्रम फैलाउने खालका युट्यूबका टाइटलहरुसँगै आफ्नो बारेमा भएका विभिन्न नकारात्मक ट्रोलहरु प्रति आपत्ति पनि जनाएका छन् । उनले आफूले अशोकका लागि गरेका कामहरु कसैलाई चित्त नबुझेको भए सोझै सकारात्मक प्रतिकृया दिन आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
SAJAN PAUDEL
July 12, 2018, 11:54 a.m.राम्रो काम गर्नेको त कुरा हुन्छ ..तपाइंको विरोधीले गरेको क्रियाकलाप तपाईंका लागि मोटिभेसन बनोस , शुभकामना ! keep it up.
asha kharel
July 12, 2018, 10:40 a.m.उत्कृष्ट कार्य गरेर सबैको मन जित्न सफल हुनु भएको छ । अरुको कुरातिर बढी ध्यान दिनु भयो भने कहिल्यै अगाडि बढ्न सक्नु हुन्न टङक दाइ सबै कुरा छोडेर आफ्नो कामलाई जोड दिनु उत्तम हुनेछ ।
सुदर्शन मगर
July 11, 2018, 4:47 p.m.हाथी चले बजार कुत्ता भौके हजार ।टंकजि राम्रो काम गर्दा बाधा आउछन् दुख नमान्नुस ।
Madhu may lansal
July 11, 2018, 2:40 p.m.Dai you're mind also good very good kam you do it ok .dada narrow mind also .....? Narrow ok good luck you an me why because ours country is nepal.
यादब सापकोटा
July 11, 2018, 5:10 a.m.Tanka g le j garnu bhayo ramro garnu bhayo yauta manxa ko zindagi ta banaidinu bhayo pat polne ko poli rahos
सुरेश कुँवर
July 11, 2018, 3:39 a.m.Ramro kam garne lai khuttaa tanne dherai hunxann tar aaphano kam xodnu hudainn Tank daju
सुर्य रिजाल
July 10, 2018, 8:25 p.m.यो त यहाँ को चलन नै छ ।कि कसैले राम्रो काम गर्दै छ भने त्यस्को खुट्टा तानी हाल्ने ।ट्ङ्क सर ले जो गर्नु भको छ ।राम्रो गर्नु भको छ उहाँ ले अशोक भाइ को लागि गर्नु भको छ। हामी सबै दर्श्क नेपाली हरु ले हेरि रहेका छौ ।कु दिर्श्टी भएको मान्छे हरु ले मात्र त्यस्तो कुरा गर्द्छ्न ।