प्रचण्डलाई उत्तर कोरिया भ्रमणको निम्तो

 असार २६, २०७५ मंगलबार २०:०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योंग हकले केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार भेट गर्नुभएको छ ।

भेटमा नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी हुनुहुन्थ्यो । भेटका अवसरमा उत्तर कोरियाली राजदूत हकले उत्तर कोरिया स्थापनाको ७७ औं वर्षको उपलक्ष्यमा अध्यक्ष प्रचण्डलाई आउँदो भाद्र २४ (सेप्टेम्बर ९) गते उत्तर कोरिया भ्रमणको लागि औपचारिक निम्ता पत्र हस्तान्तरण गर्नुभयो ।

 निम्ता सत्तारुढ वकर्स पार्टी अफ् कोरियाको तर्फबाट आएको जनाइएको छ। निम्तापत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्तर कोरियामा भ्रमण टोली पठाउन तयार रहेको बताउनुभएको छ ।

प्रचण्डले पछिल्लो पटक कोरियन उपमहाद्विपमा भइरहेको तीव्र राजनीतिक तथा कुटनैतिक विकासक्रम प्रति खुशी व्यक्त गर्दै यसले विश्वमा सकारात्मक सन्देश प्रवाह भइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया