त्रिशूली जलविद्युत गृहमा आगलागी : विद्युत उत्पादन ठप्प

 असार २६, २०७५ मंगलबार २०:३१:१३ | किरण लोहनी
unn.prixa.net

नुवाकोट – त्रिशूली जलविद्युत आयोजनाको विद्युत गृहमा आगलागी भएको छ ।

दिउँसो साढे १२ बजेतिर विद्युत गृहभित्रको ब्रेकरबाट आगो लाग्न शुरु भएको र आगो फैलिएको आयोजनाका इञ्जिनियर गुञ्जमान तामाङले बताउनुभयो । १६ वटामध्ये ४ वटा ब्रेकर र केही उपकरणमा क्षति भएको उहाँको भनाई छ । आगोलागी झण्डै ४ घण्टापछि पूर्ण रुपमा नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।

उत्पादित बिजुली  बाहिर वितरण गर्ने र बन्द गर्ने जेनेरेटर ब्रेकरमै आगलागी भएकाले विद्युत उत्पान पूर्ण रुपमा बन्द भएको इञ्जिनियर तामाङको भनाई छ । २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत आयोजनामा आगलागी भएपछि विद्युत आपूर्ति बन्द भएको छ । अहिले विद्युतगृह सरसफाईको काम भैरहेको र त्यसपछि उत्पादन सुरु गर्न सकिने/नसकिनेबारे टुंगोमा पुग्ने नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख सन्तोषकुमार जयसवालले बताउनुभयो ।

त्रिशूली नदीकै जलप्रवाहमा आधारित १४ मेगावाटको देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित बिजुली भने वितरण भैरहेको उहाँको भनाई छ । नुवाकोट भर ११ मेगावाट बिजुली माग छ । देवीघाट जलविद्युत आयोजनाबाट भने ३ मेगावाट बिजुली उत्पादन हुँदै आएको छ । जिल्लाभर नियमित रुपमा विद्युत वितरण हुन अझै केहीदिन लाग्ने वितरण केन्द्र प्रमुख जयसवालले बताउनुभयो । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया