गौशालाकी अन्जुकुमारी श्रेष्ठकाे हत्यामा संलग्न दुई जना पक्राउ

 साउन २७, २०७६ सोमबार ८:१३:५९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महिला हत्याको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका २ का दशैं ठाकुर र वडा नं. ८ का राजकिशोर गिरी रहेका छन् ।  

इलाका प्रहरी कार्यालय गौशालाले सोमबार बिहान पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजानिक गरेको हो । गएकाे असार ५ गते रातिको समयमा गौशाला नगरपालिका १० की अन्जुकुमारी श्रेष्ठलाई धरिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

मृतक श्रेष्ठले प्रयाेग गरेकाे मोबाइल गिरीको घरबाट फेला परेकाे र त्यसैलाई आधार बनाएर अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशाेर आचार्यले जानकारी दिनुभयाे ।  

पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको पनि उहाँले बताउनुभयाे । गौशाला बजारमा संचालित निर्धन उत्थान बैंकमा कार्यरत श्रेष्ठलाई रातिको समयमा उनकै घरमा चक्कु प्रहार गरि हत्या गरिएकाे थियाे । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत १२, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया