रसुवागढी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल
पुस ८, २०८१ सोमबार
कास्की – कास्की प्रहरीले जुवा तास नियन्त्रणको अभियान थालेको छ । प्रहरीले दुई दिनमा जुवा खेल्ने ४० जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट जुवा खेल्न राखिएको २ लाख ५८ हजार रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
पोखराका विभिन्न ठाउँमा जुवा खेल्ने खेलाउने काम भइरहेकाले प्रहरी परिचालन गरेर नियन्त्रण थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो ।
प्रहरीले शनिबार १५ जनालाई पक्राउ गर्नुका साथै जुवा खेल्न प्रयोग गरिएको १ लाख ८३ हजार रुपैयाँसमेत जफत गरेको थियो । यस्तै आइतबार २५ जना पक्राउ परेको र उनीहरुको साथबाट ९३ हजार रुपैयाँ पनि बरामद गरिएको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर थप कारवाही अघि बढाइएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।