नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ८ को प्रश्न उत्तर कार्यक्रममा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कालोबजारी रोक्ने र गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउन सरकार कटिबद्ध रहेको बताउनु भयो । मन्त्री यादवले सबै प्रदेशका मन्त्री, महानगर, उपमहानगरपालिका लगायतका पदाधिकारीहरुसँग बृहत् छलफल गरी योजना बनाउने काम भएको भन्दै उहाँले अनुगमन र कारबाही गरेको पनि सुन्न र देख्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, 'योजना बनाएको मात्रै सुन्नुभयो । थुप्रै अनुगमन गरेको छु । थुप्रै कारबाही गरेको छु । त्यो चाहिँ सुन्नुभएन, मलाई आश्चर्य लाग्छ । एकातिर मात्रै सुन्ने कि दुई ओटै कानले सुन्ने हो ? योजना मात्रै सुन्नु भयो । अनुगमन गरेको, कारबाही गरेको सुनिदिनु भएन भने त मन्त्रीप्रति अन्याय हुन्छ । अन्याय नगर्दिनु होला भन्ने मेरो आग्रह छ ।'
उहाँले नेपालमा आयात हुने तरकारी तथा फलफुलमा ८० प्रतिशतसम्म विषादी पाइएको भन्ने कुरामा सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, 'असार मसान्तसम्म तीन हजार सात सय ४४ ओटा नमुना परीक्षण गरिएकोमा तीन हजार सात सय २९ ओटामा ३५ प्रतिशतभन्दा कम देखिएको छ । १३ ओटा नमुनामा ३५ भन्दा बढी देखिएको र २ ओटामा ४५ भन्दा बढी प्रतिशत विषादी प्रयोग भएको पाइएको छ ।'
मन्त्री यादवले विषादी जाँच गर्न रोकिएको भन्ने कुरा पनि सत्य नभएको स्पष्ट पार्नुभयो । उहाँले सबै स्थानमा उच्चस्तरीय परीक्षण प्रयोगशाला नभएको हुनाले राजधानी ल्याएर परीक्षण गर्ने गरिएको बताउनु भयो ।
उहाँले नेपाल भारतबीच मध्य पहाडी लोकमार्गको उद्गम स्थल चिवाभञ्याङ्गमा व्यापारिक नाका स्थापना गर्ने योजना नभएको र थप नाका स्थापना गर्नुपर्ने देखिएमा दुईपक्षीय वार्ता गरेर मात्रै स्थापना गरिने स्पष्ट पार्नु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।