केपी ओली कप : पहिलाे सेमिफाइनलमा सङ्कटा र आर्मी खेल्दै

 फागुन १६, २०८१ शुक्रबार १२:५१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केपी ओली कप फुटबलकाे पहिलाे सेमिफाइनलमा आज सङ्कटा एफसी र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । याे खेल बेलुका ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

प्रतियाेगिताकाे दाेस्राे सेमिफाइनलमा भाेलि आयाेजक केपी ओली एफसी र मच्छिन्द्र एफसी खेल्नेछन् । यसअघि क्वाटरफाइनलसम्मका खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएका थिए । सेमिफाइनल र फाइनल खेल भने दशरथ रङ्गशालामा हुन लागेको हो ।

प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

यसैबीच विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन पर्सि आइतवार नेपाल आइपुग्ने भएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आउन लागेका हुन् ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया