पठाओ भन्छ : हामीले ट्याक्सी सञ्चालन गरेका छैनौँ, नझुक्किनुहोस् !

 साउन २८, २०७६ मंगलबार १८:४३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पठाओ नेपालले आम उपभोक्ताहरुलाई आफूहरुले ट्याक्सी सञ्चालन नगरेको स्पष्ट पारेको छ । 

मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै पठाओ नेपालले ट्याक्सी सञ्चालन नगरेको भन्दै उपभोक्तालाई भ्रममा नपर्न आग्रह गरेको छ । पठाओ नेपालले ट्याक्सी सञ्चालन नगरेको तर भाडामा गुड्ने ट्याक्सीलाई पठाओ एप्लिकेसन मार्फत जोडेको स्पष्ट गरेको हो ।

पत्रकार सम्मेलनमा पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले विभिन्न मिडियामा पठाओ नेपालले चार पाङ्ग्रे निजी सवारी साधन मार्फत सेवा सुरु गर्न लागेको भन्ने खबरको पछि नलाग्न आग्रह गर्नु भयो ।

त्यस्तै पठाओको कार लाइट सेवाले ग्राहकसँग बढी पैसा लिएको भन्दै लागेको आरोपको खण्डन गरिएको छ । पठाओले कार लाइट सेवा अन्तर्गत ग्राहकको चाहना अनुसार प्रतिक्षा गरेको, इन्टरनेट र ट्राफिक जामलगायतको खर्चलाई एकमुष्ट जोडेर १०० रुपैयाँ लिएको स्पष्ट पारेको छ ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया