हिमपातले मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्ड र पहिरोले महाक...
फागुन १६, २०८१ शुक्रबार
मोरङ – विराटनगरका उद्योगीले विद्युत प्राधिकरणको लापर्वाहीका कारण उद्योग बन्द गराउनु पर्ने अवस्थामा पुगेको बताएका छन् ।
उद्योग संगठन मोरङको आयोजनामा उद्योगी/व्यवसायी र नेपाल विद्युत प्राधिकरण विराटनगर शाखा प्रमुख, दुहवी ग्रिड प्रमुख, कटहरी शाखा प्रमुखलगायतको उपस्थितिमा भएको छलफलमा उद्योगीले प्राधिकरणको कारण उद्योग बन्द गराउनु पर्ने अवस्था आएको बताएका हुन् । केही समययता बढिरहेको विद्युत कटौतीले लो भोल्टेज, ट्रिपिङलगायतका समस्या र सामाधानका उपायका सम्बन्धमा उद्योग संगठनले छलफल गरेको हो ।
छलफलमा संगठनका अध्यक्ष भीम घिमिरेले नेपाल विद्युत प्राधिकरणको औद्योगिक लोडसेडि¨ले मेनरोड र ट्रिपिङका कारण उद्योगी/व्यवसायी आक्रान्त भएको जानकारी गराउनुभयो । विद्युत अवरुद्धले एकतर्फ उत्पादनमा ह्रास आइ कच्चा पद्धार्थ खेर गैरहेको र अर्काेतर्फ उद्योगका मेसिन बिग्रेकाले उद्योगमा ठूलो क्षति भैरहेको घिमिरेले बताउनुभयो । विद्युत प्राधिकरणले चाँडै नै समस्या सामाधान नगरे उद्योगी/व्यवसायीले उद्योग बन्द गरेर चाबी विद्युत प्राधिकरणलाई बुझाउने चेतावनी दिए ।
अध्यक्ष घिमिरेले विद्युतकोे अवस्थाका कारण उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, उत्पादन लागत वृद्धि भैरहेकोले विद्युतको समस्या समाधान गर्न संगठन सम्बन्धित निकायमा पहल र सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
संगठनका उपाध्यक्ष उद्योगी प्रदीप मुरारका, राजकुमार गोल्छा, राकेश सुरानाले विद्युतको कारणले गर्दा उद्योग/व्यवसाय धरासायी हुन लागेको भन्दै समस्या जतिसक्दो छिटो समाधान गर्न आग्रह गर्नुभयो ।
उद्योग व्यवसायले दैनिक दशदेखि पन्ध्र पटकसम्म विद्युत कटौतीको समस्या भोग्नु परेकोले उत्पादनमा ठूलो क्षति बेहोर्नु परेको मुरारकाले बताउनुभयो । उपाध्यक्ष मुरारकाले कटहरी क्षेत्रका उद्योगीको अवस्था अत्यन्त दयनीय हुँदै गएको, विद्युतको कारण उद्योगको पार्टपुर्जा जल्ने, बिग्रने गरेकाले समस्या समाधानका गर्न उहाँले प्राधिकरणसँग आग्रह गर्नुभयो ।
नेपाल विद्युत प्राधिकरण विराटनगर शाखा कार्यालयका प्रमुख राजीव सिंहले भारत र नेपालको विद्युत चेञ्जओभर गर्नु पर्ने भएकाले पटक–पटक विद्युत अवरुद्ध हुने गरेको बताउनुभयो ।
शाखा प्रमुख सिंहले केही दिनअघि आएको बाढीका कारण विद्युत प्राधिकरणलाई ठूलो क्षति हुनुका साथै ठाउँ–ठाउँमा विद्युतको पोलका साथै रुखहरु र विद्युत लाइनमा ढल्नाले वितरण प्रणालीमा समस्या आएकोले मर्मतको काम भैरहेको बताउनुभयो ।
दुहवी ग्रिड प्रमुख रेवतकुमार चौधरीले रंगेली, कटहरीका उद्योगहरु लामो दूरीमा स्थापना भएकाले दुहवी ग्रिडबाट त्यस क्षेत्रको उद्योगहरुमा सप्लाई गरिएको विद्युतमा भोल्टेज ड्रप हुने समस्या रहेको बताउनुभयो । उहाँले कतिपय समस्याकोे समाधान केन्द्रबाट मात्र हुने भएकाले केन्द्रमा समेत पहल गर्न संगठनलाई अनुरोध गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।