नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – गएको आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ मा लक्ष्य अनुसार वैदेशिक अनुदान जुटाउन सरकार असफल भएको छ ।
गएको आर्थिक वर्षको बजेटमा सरकारले ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ वैदेशिक अनुदान ल्याउने लक्ष्य राखेको थियो । तर गत वर्ष जम्मा ३३ अर्ब ४३ करोड रुपैयाँ अनुदान सहायता आएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै ऋण २ खर्ब २ अर्ब ५३ करोड रुपैयाँ वैदेशिक ऋण ल्याउने लक्ष्य राखेको सरकारले १ खर्ब ४ अर्ब ८३ करोड रुपैयाँ ऋण ल्याएको छ । यो रकम आर्थिक वर्ष २०७४/७५ को भन्दा ८ दशमलव १ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७४/७५ मा सरकारले अनुदान र ऋण गरेर १ खर्ब ५० अर्ब ४९ करोड रुपैयाँ ल्याएको थियो ।
आर्थिक वृद्धि ७ प्रतिशत
अर्थ मन्त्रालयले गएको आर्थिक वर्षमा ७ दशमलव शून्य ५ प्रतिशत आर्थिक वृृद्धिदर हासिल भएको जनाएको छ । कृषि उत्पादन बढेको, बजेट खर्च बृद्धि भएको र विकास निर्माणले तीव्र रुप लिएकाले आर्थिक वृद्धिदर बढ्दै गएको मन्त्रालयले जनाएको छ ।
पछिल्ला ३ वटा आर्थिक वर्षमा सरकारले लगातार ६ प्रतिशत भन्दा धेरैको आर्थिक वृद्धिदर हासिल गर्दै गएको छ । २०७३/७४ को आर्थिक वृद्धिदर ७ दशमलव ७४ प्रतिशत रहेको थियो भने २०७४/७५ को आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत थियो । २०७५/७६ मा पनि ७ दशमलव शून्य ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रारम्भिक अनुमान गरिएको अर्थ मन्त्रालयले गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।