बलात्कार आरोपमा तीन जना पक्राउ

 साउन २९, २०७६ बुधबार ८:१५:२५ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा –  बलात्कारको आरोपमा साउन महिनामा मात्रै ओखलढुंगाामा तीन जना पक्राउ परेका छन् । बलात्कारको आरोपमा प्रहरी जवान र ६५ वर्षीय वृद्ध पनि पक्राउ परेका छन् ।

किशोरी बलात्कार गरेको आरोपमा एक साता अघि प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका हुन् । यादवले जबरजस्ती करणी गरिरहेका बेला किशोरीका बुवाले फेला पारेपछि घटना बाहिर आएको थियो । 

यादवले यस अघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि किशोरी बलात्कार गरेको खुलेको छ ।  आरोपित यादवलाई पक्राउ गरि कारबाही प्रक्रिाया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताउनुभयो ।

यस्तै, १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ पनि परेका छन् । चिशंखुगढी गाउँपालिका–६ भदौरेका अम्बरबहादुर मगर पक्राउ परेका हुन् । घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ । मगरले बालिकालाई प्रलोभनमा पारेर शौचालयमा लगेर करणी गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, साउन १ गते एक ३२ वर्षीया महिला बलात्कार गर्न खोजेको आरोपमा लिखु गाउँपालिका–८ का २७ वर्षीय विक्रम विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रातको समयमा पीडित महिलाको घरको ढोका फुटाएर घरभित्र पस्न खोज्दा महिलाले होहल्ला गरेपछि बलात्कृत हुनबाट जोगिएकी थिइन् । उनैका उजुरीका आधारमा विष्ट पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनामाथि म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । 
 

अन्तिम अपडेट: चैत २, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया