सुपर कपको उपाधिका लागि लिभरपुल र चेल्सी खेल्दै

 साउन २९, २०७६ बुधबार १२:१३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

सुपर कपको उपाधिका लागि बुधबार राति लिभरपुल र चेल्सी आमने–सामने हुँदैछन् । जसका लागि लिभरपुलका स्ट्राकइर साडियो माने पूर्ण रुपमा फिट भएको जनाएको छ । 

लिभरपुलका स्ट्राइकर मानेले आफू मानसिक रुपमा थकित भएपनि शारिरीक रुपमा पूर्ण फिट रहेको बताएका छन् । पछिल्लो सात वर्षदेखि कुनै पनि बिदा नमनाएकाले यसपटक त्यसको प्रयोग गरेको बताए । 

सेनेगलका स्टार खेलाडी माने दुई साताको बिदामा रहेका थिए । यो समरमा भएको अफ्रिकन नेशन्स लिगको फाइनलमा पुगेपछि उनी छुट्टी मनाउन गएका थिए । जसका कारण उनले प्रिसिजन टुरका साथै कम्युनिटी शिल्डको फाइनल खेल पनि गुमाएका थिए । 

प्रिमियर लिग अन्तर्गत शुक्रबार नोर्विच सिटी विरुद्धको खेलमा माने सब्सिच्युट खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका थिए । यता चेल्सीले प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइेटडसँग चार शून्यको हार ब्यहोरेपछि पहिलो पटक मैदानमा उत्रदैछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया