नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
फागुन १६, २०८१ शुक्रबार
भक्तपुर – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी)ले परीक्षामा सहभागी नगराउँदा मध्यपुर थिमिमा रहेको चक्रवर्ती हबी नर्सिङ कलेजमा अध्ययनरत ३० जना विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।
तीन वर्षे प्रमाणपत्र तहको नर्सिङ अध्ययनरत विद्यार्थीलाई सीटीईभीटीले गएको २६ गतेदेखि सञ्चालन गरेको प्रथम वर्षको परीक्षामा सहभागी नगराउँदा उनीहरुको भविष्य अन्यौलमा परेको हो ।
चक्रवर्ती हबी नर्सिङ कलेजले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कलेज सञ्चालन समितिका अध्यक्ष निलकृष्ण ताम्राकारले उच्च अदालतको आदेशलाई समेत लत्याएर सीटीईभीटीले विद्यार्थीलाई परीक्षामा सहभागी हुन नदिँदा उनीहरुको भविष्य अन्यौलमा परेको बताउनुभयो ।
परिषदले गत वर्ष लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई भर्ना लिई कलेजले पठनपाठन सुरु गरी गत चैत १४ गते सीटीईभीटीलाई आवश्यक शुल्क बुझाए पनि विद्यार्थीको रजिष्ट्रेसन समेत नगरेको उहाँको भनाइ छ ।
सीटीईभीटीले सूचना प्रकाशित गरेपछि संस्था नवीकरणका लागि २०७६ असार १० गते नियमानुसार शुल्क जम्मा गरेको, वार्षिक परीक्षाको मिति सार्वजनिक भैसक्दा पनि विद्यार्थीको रजिस्ट्रेशन नगरेपछि बाध्य भएर कलेज न्यायका लागि उच्च अदालत पाटन गएको ताम्राकारले बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘उच्च अदालत पाटनले २०७६ साउन २ गते विद्यार्थीको रजिस्ट्रेशन गराई परीक्षामा सहभागी गराउन आदेश दिए पनि सीटीईभीटीले अदालतको आदेशको अवज्ञा गरी कानुनको समेत मान मर्दन गरेको छ ।’
अदालतले पुनः साउन २० गते साउन २ गतेको आदेशलाई तीन दि भित्र कार्यान्वयन गर्नु भन्ने अर्को आदेश जारी गर्दा पनि सीटीईभीटीले अटेर गरी साउन २६ गतेदेखि सुरु भएको परीक्षामा सहभागी नगराइ विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको अध्यक्ष ताम्राकारको भनाइ छ ।
नर्सिङ परिषद्ले त्यस कलेजको अनुगमन गरी सबै पूर्वाधार ठिक छ भनेर प्रमाणित गर्दा पनि कलेज खारेजको निर्णय गरेको तर न्यायका लागि जाँदा उच्च अदालत पाटनले कलेज खारेज नगर्न र विद्यार्थी भर्ना गराउन गत वर्ष आदेश जारी गरेपछि कलेजले कानुनसम्मत रुपमा विद्यार्थी भर्ना गराइ नियमित पठनपाठन गराएको कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहले बताउनुभयो ।
उहाँले कानुनको स्म्मान गर्दै विद्यार्थीलाई परीक्षामा सहभागी गराइ उनीहरुको भविष्य जोगाउन माग गर्नुभएको छ । विद्यार्थीहरुले पनि परीक्षामा सहभागी नगराए सीटीईभीटीविरुद्ध आन्दोलन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।