हमासको शक्तिलाई कम आँक्दा अक्टोबर ७ मा इजरायलमा आक्रमण : रिपोर्ट
फागुन १६, २०८१ शुक्रबार
रसुवा – जनैपूर्णिमाको अवसरमा गोसाईंकुण्डमा आज साढे चार हजारले स्नान गर्दै छन् । गोसाईंकुण्ड क्षेत्र विकास समितिका अनुसार बुधबार ४ हजार ७ सय ६ जना तीर्थयात्री गोसाईंकुण्ड पुगेका छन् । उनीहरू बिहीबार कुण्डमा स्नान गरेर धुन्चे फर्किने छन् ।
नेपाली सेनाको तथ्याङ्क अनुसार धुन्चे हुँदै ४ हजार ६ सय ५५ र सुन्दरीजल हुँदै ५१ तीर्थयात्री गोसाईंकुण्ड पुगेका थिए । जसमा पाँच जना विदेशी छन् । यो नेपाली सेनाको चोलाङपाटी र कुटुमसाङ पोष्टले सङ्कलन गरेको तथ्याङ्क हो ।
गएको वर्षदेखि नेपाली सेनाले तीर्थयात्रीको विवरण राख्दै आएको छ । यो वर्ष ८ हजार २ सय २६ जनाले मेला भरेका छन् । यो वर्ष कम वर्षा भएको कारण पदमार्ग सुरक्षित छ । रसुवाखण्डको कुनै पनि स्थानमा पहिरो झरेको छैन । समितिले यो वर्ष १५ हजार आउने अनुमान गरेको थियो ।
त्यसैगरी गोसाईंकुण्ड जान नसकेका तीर्थयात्रीले पार्वतीकुण्ड तथा मिनिगोसाईंकुण्डमा पनि मेला भरेका छन् । पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाईंबाबा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाईंकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईंकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।