प्रधानमन्त्री ओलीलाई ज्वरो आयो, नेकपाको सचिवालय बैठक बस्न सकेन

 साउन ३०, २०७६ बिहीबार १७:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को बिहीबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

बैठकका लागि नेताहरु बालुवाटार पुगे पनि प्रधानमन्त्री अस्वस्थ भएकाले बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले उज्यालोलाई जानकारी दिनुभयो ।

अर्को बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने पनि उहाँले जानकारी दिनुभयो । पार्टीमा स्कुल विभागको जिम्मेवारी टुंगो लगाउन पटक–पटक बैठक बस्ने भनिए पनि विभिन्न कारणले स्थगित हुँदै आएको छ ।

नेकपाका दुवै अध्यक्षले नाम टुंग्याउने भने पनि स्कुल विभाग पहिलेको एमालेका नेतालाई दिने कि पहिलेको माओवादी नेतालाई दिने भन्नेमा नेताहरुबीच कुरा मिल्न सकेको छैन ।

साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचीका प्राथमिकताबारे  सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।

विभागको संयोजक बन्न नेताहरु झलनाथ खनाल, ईश्वर पोखरेल, घनश्याम भुसाल, वेदुराम भुसाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतको दाबी छ । 

नेकपाको पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन । अहिलेसम्म प्रदेश कमिटी, र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्यूरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी छ ।

यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Amar Gharti

    Aug. 15, 2019, 5:35 p.m.

    हेड मास्टर लाई ज्वरो आयो त्यसैले स्कूल बिदा, डाक्टर लाई ज्वरो आयो अस्पताल बन्द,पर्यटन मंत्री लाई ज्वरो आयो वायु सेवाको उडान बन्द भन्ने दिन नओस।

  •  0 Reply

तपाईको प्रतिक्रिया