हिमपातले मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्ड र पहिरोले महाक...
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – पश्चिमी वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको छ । यी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागका थोरै ठाउँमा पनि हल्का वर्षा भइरहेको छ ।
पश्चिम नेपालमा जमिन भिज्ने गरी वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । पछिल्लो १२ घण्टामा बैतडीमा सबैभन्दा धेरै २० दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरा, डोटी, डडेलधुरालगायतका जिल्लामा पनि वर्षा भएको छ ।
मौसमविद् कँडेलअनुसार काठमाण्डौ उपत्यकासहित देशभर अहिले बादल लागेको छ । दिउँसो पछि काठमाण्डौमा पनि पानी पर्ने सम्भावना छ । तर पश्चिममा भन्दा कम पानी पर्ने उहाँको भनाइ छ ।
महाशाखाका अनुसार भारतको जम्मू काश्मीर,हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली आज दिउँसोसम्म काठमाण्डौ आइपुग्ने तर पश्चिमको तुलनामा कमजोर रहने अनुमान छ ।
यसले मधेशबाहेकका अरु ठाउँमा प्रभाव परे पनि पूर्वमा सामान्य मात्र असर पर्ने मौसमविदले बताएका छन् ।
मौसमविदका अनुसार भोलि आजभन्दा कम पानी पर्नेछ । भोलि बेलुकादेखि धेरै ठाउँको मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।