आन्तरिक उडानमा विदेशी नागरिकलाई लिइने भाडा दर घटाउने सरकारकाे संकेत

 साउन ३०, २०७६ बिहिबार १९:११:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी नागरिकलाई लिइने भाडा दर घटाउने संकेत गर्नुभएको छ । 

नागरिक उड्डयन प्राधिकरणद्धारा बिहीबार आयोजित एभियसन सेफ्टी रिपोर्ट २०१९ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले आन्तरिक उडानमा विदेशीलाई लिइने भाडा दर घटाउने संकेत गर्नुभएको हो ।

आन्तरिक उडानमा विदेशीलाई लिइने भाडाका बारेमा कुटनीतिक नियोगका व्यक्तिहरुबाट धेरै गुनासो आइरहेको भन्दै उहाँले त्यसबारे व्यवसायीहरुसँग परामर्श गरेर छिट्टै निर्णय गरिने बताउनुभयो । उहाँले चर्को हवाई भाडाले नेपालको पर्यटन उद्योगलाई घाटा वा नोक्सानी पुर्‍याएको छ भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँँले हवाई जहाजमा प्रयोग हुने इन्धनको मूल्य सम्बन्धमा पनि छलफल गरिने बताउनुभयो ।

मन्त्री भट्टराईले सरकार र निजी क्षेत्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै अलग्गै निकायका रुपमा नबुझ्न आग्रह गर्नुभयो । उहाँले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले सार्वजनिक निजी साझेदारी मोडलमा उड्डयन विद्यालय स्थापना गर्ने सम्बन्धमा पहल भैरहेको र छिट्टै मन्त्रालयको संयोजकत्वमा सरोकारवाला सम्मिलित कमिटी बनाउने जानकारी दिनुभयो ।

उहाँले प्राधिकरणद्वारा सार्वजनिक एभियसन सेफ्टी रिपोर्ट २०१९ मा धेरै सकारात्मक संकेत देखिएको भन्दै आगामी दिनमा अझै राम्रो र र सकारात्मक हुने आशा व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • chandra shekhar

    Aug. 15, 2019, 7:20 p.m.

    When we travel in u s air lines , they charge us like their American citizen. Why do we charge more to American here. Atithi dushmano bhav?

  •  0 Reply

तपाईको प्रतिक्रिया