रियल मड्रिडलाई रोनाल्डोको पत्र : क्लब छोडे पनि जर्सी, ब्याज र सान्टियागो बर्नाबाउप्रतिको निष्ठा रहिरहनेछ

 असार २७, २०७५ बुधबार १२:२५:४७ | एजेन्सी
unn.prixa.net

रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालीयन क्लब युभेन्टसमा गएका छन् । रोनाल्डोलाई युभेन्टसले रियलसँग ९९.२ मिलियन पाउण्डमा किनेको हो । यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगा फुटबल खेलाडी बनेका छन् ।

रोनाल्डोले आफूले रियल मड्रिड छोडे पनि रियलमा बिताएका क्षणहरु सधैँ सम्झिने बताएका छन् । 

रोनाल्डोको रियललाई पत्र 

मड्रिड सहर र रियल मड्रिड क्लबमा मैले बिताएको समय सम्भवतः मेरो जीवनकै सबैभन्दा खुसीको क्षण हो । क्लब, समर्थक र पूरा मड्रिड सहरले म प्रति देखाएको सद्भाव र माया प्रति आभार व्यक्त गर्दछु ।

यद्यपि आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने समय आएको महसुस गरेर नै मैले क्लबलाई युभेन्टस जानका लागि बाटो खुला गरिदिन भनेको थिएँ । मैले यहाँ जीवनको उत्कृष्ट नौ वर्ष बिताउन पाएँ । त्यो नौ वर्ष मेरो जीवनकै महत्वपूर्ण समय समेत थियो । क्लबमा बिताएको समय निकै रोमाञ्   चक थियो, एकपछि अर्को सफलता थियो र क्लबको उच्च अपेक्षाका कारण कुनै समय निकै कठिन पनि थियो । तर, यहाँ फुटबल खेल्दा म जति रमाएँ त्यति कतै पनि रमाउन सक्नेछैन ।

माया गर्ने टिमका साथीहरुँग ड्रेसिङ रुम र मैदानमा सँगै खेल्न पाएँ । समर्थकहरुको माया र टिमका साथीहरुको सहयोगका कारण हामीले लगातार तीन पटक र पाँच वर्षको अन्तरालमा चारवटा च्याम्पियन्स लिगको उपाधि उचाल्यौँ । यससँगै व्यक्तिगत रुपमा चार पटक बलोन डी ओर र तीन पटक गोल्डेन सुज जित्दा निकै सन्तुष्ट छु । क्लबमा भएका सबै कुरा महत्वपूर्ण रह्यो ।

रियल मड्रिडले मेरो र परिवारका सदस्यको मन जितेको छ । त्यसैले क्लबप्रति कृतज्ञ छु । सहज रुपमा क्लब सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका अध्यक्ष, क्लबका निर्देशक, सह–खेलाडी, प्रशिक्षण दल, चिकित्सक टोली, फिजियो र कर्मचारीहरु पनि कृतज्ञता व्यक्त गर्दछु ।

स्पेनिस फुटबलसँगै पुनः हाम्रा फ्यानहरुलाई धन्यवाद दिन चाहन्छु । नौ वर्षको अन्तरालमा मैले विश्वका अद्भूत खेलाडीको विपक्षमा रहेर खेल्ने मौका पाएँ । उनीहरु सबै प्रति सम्मान व्यक्त गर्दछु ।

नयाँ अध्याय सुरु गर्नु अघि गम्भीर विचार गरेको थिएँ । तर क्लब छोडे पनि जर्सी, ब्याज र सान्टियागो बर्नाबाउप्रतिको निष्ठा रहिरहनेछ ।

सबैलाई धन्यवाद । नौ वर्षअघि सान्टियागो बर्नाबाउमा टेक्दा जे भनेको थिएँ, त्यही दोहोर्‍याउन चाहन्छु । हाला मड्रिड !

याे पनि पढ्नुहाेस्

अन्ततः रोनाल्डो रियलबाट युभेन्टसमा

रोनाल्डो बने विश्वकै चौथो महंगो खेलाडी

 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया