सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घट्यो
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – साउन महिनामा सुनको भाउले नयाँ रेकर्ड राख्यो । लगातारजसो भाउ बढेपछि सुन किन्नेभन्दा बेच्ने धेरै भए । यो महिनामा माग पनि घटेको व्यापारीहरु बताउँछन् ।
साउन महिनामा मात्रै सुनको भाउ तोलामा ७ हजार रुपैयाँले बढेको छ । महिनाको पहिलो दिन तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा उतारचढाव आउँदै १७ गते नयाँ रेकर्ड कायम भयो । १७ गते तोलाको ६५ हजार ८ सय रुपैयाँ मा किनबेच भयो ।
त्यसपछि लगातार जस्तै सुनको भाउ बढेको छ । १९ गते फेरि भाउ बढेर ६६ हजार ३ सय रुपैयाँ, २० गते ६७ हजार ८ सय रुपैयाँ र २१ गते ६८ हजार रुपैयाँ पुग्यो ।
२२ गते एकै दिन तोलामा १५ सय रुपैयाँ बढेर सुनको भाउ ६९ हजार ५ सय रुपैयाँ कायम भयो । २३ गते ७० हजार रुपैयाँ पुगेको सुनको भाउ २४, २५, २६ र २७ गतेसम्म त्यही भाउमा कारोबार भयो ।
२८ गते फेरि सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भयो । २९ गते घटेर ७० हजार ३ सय रुपैयाँ भए पनि ३० गते फेरि सुनको भाउले नयाँ रेकर्ड राख्यो । ३० गते तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड राखेको सुनको भाउ महिनाको अन्तिम दिनसम्म यही भाउमा स्थिर भयो ।
भदौको सुरुमा भाउ ५ सय रुपैयाँ घटेर तोलामा ७१ हजार रुपैयाँ कायम भएको छ ।
कश्मीर विवाद, चीन – अमेरिकाबीच भएको कर विवाद लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि प्रभाव परेको व्यवसायीले बताएका छन् ।
लगातार भाउ बढेपछि सुनको कारोबार भने घटेको छ । अहिले किन्ने भन्दा पनि सुन र गहना बेच्ने धेरै भएका व्यवसायीले बताएका छन् । पोहोर यो बेलामा दैनिक ५० किलोभन्दा धेरै माग हुने गरेको सुन अहिले दैनिक ५ किलो पनि माग हुन छाडेको उनीहरुको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।