च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
होन्डुरसको राजधानी टिगुसिगाल्पामा शनिबार फुटबल म्याचअघि समर्थकबीच दोहोरो झडप हुँदा तीन जनाको ज्यान गएको छ ।
मोटागुवा र ओलिम्पियाबीचको म्याच हुनुभन्दा केही समय अघि समर्थहरुबीच झडप हुँदा थप १० जना घाइते भएका छन् । शनिबार साँझ मोटागुवाको टिमबसमा एक समूहले ढुंगा प्रहार गरेपछि झडप सुरु भएको थियो । खेलाडी चढेको बसमा ढुंगा हान्दा बसका सिसा फुटेर तीन जना खेलाडी समेत घाइते भए ।
त्यसपछि दुई टिमका समर्थकबीच रंगशाला अगाडि झडप भयाे र खेल स्थगित गरियो । बाहिर झडप सुरु भएपछि पदाधिकारीहरुले खेल स्थगित गरेका थिए ।
तीन जनाको मृत्यु भयो भने केहीमाथि गोली प्रहार गरिएको थियो । केही व्यक्तिमाथि छुरा समेत हानिएको थियो । तीन जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालका प्रवक्ताले बताएका छन् ।
झडप हुँदा १० हजारभन्दा बढी समर्थक त्यहाँ उपथित रहेको बताइएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रु ग्याँस प्रयोग गर्नुपरेको थियो । मोटागुवा क्लबले आक्रमणपछि घाइते खेलाडी र क्षतिग्रस्त बसको फोटो राखेर ट्वीट गरेको छ ।
घटनामा इमिलियो इजागुयरे, रोबर्टो मोरेरा र जोनाथन रुगियर नाम गरेका खेलाडी घाइते भएका थिए । ओलिम्पिया फुटबल क्लबका समर्थकमाथि कडा कारबाही हुनुपर्ने मोटागुवा क्लबको माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।