महाकाली नदीमा पानीको बहाब बढ्यो, भारतीय पक्षद्वारा चारपाङ्ग्रे सवारीको आवागमनमा रोक

 असार २७, २०७५ बुधबार १७:५१:४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाब बढेको छ ।

पहाडी जिल्ला तथा चुरे क्षेत्रमा दुईदिनदेखि तीव्र रुपमा परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेको हो । बुधबार पछिल्लोे मापन अनुसार महाकाली नदीमा पानीको बहाब बढेर २ लाख १५ हजार १ सय १८ क्यूसेक पुगेको जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । नदीमा पानीको बहाब बढेपछि भारतीय पक्षले महाकाली पुल (शारादा ब्यारेज) मा चारपाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाएको छ । 

सामान्यतया, महाकाली नदीमा पानीको बहाबले १ लाख क्यूसेक नाघेपछि खतराको चिन्ह मान्ने गरिन्छ । भारतीय पक्षले पुलको सुरक्षाको कारण देखाउदै पानीको बहाब १ लाख क्यूसेक नाछेपछि पुलमा चारपाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाउँदै आएको छ । 

चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाएपछि नेपालबाट भारतका लागि छुटेका गाडी तथा नेपाल आएका भारतीय यात्रु अलपत्र परेका छन् । महाकाली नदीको बाढीको पूर्वामानका लागि दार्चुला र डडेल्धुरामा पानीको सतह मापन गर्ने गरिन्छ । जिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्रका अनुसार दार्चुलामा पानीको सतह सामान्य रहे पनि डडेल्धुराको परी गाँउमा भने पानीको सतहले खतराको चिन्ह नाघेको छ । 

दार्चुलामा पानीको सतह ५ मिटर ८० सेन्टिमिटर नाघे चेतावनी र ७ मिटर नाघे खतराको संकेत मानिन्छ । तर, अहिले पानीको सतह ३ मिटर ५ सेन्टिमिटर छ ।
यता, डडेल्धुराको परी गाँउमा भने पानीको सहत ६ मिटर रहेको छ । यसअघि, दिउँसो ६ मिटर १ सय ६५ सेन्टिमिटर नाघेको केन्द्रले जनाएको छ । यहाँ ६ मिटर ५० सेन्टिमिटर नाघे खतरा मान्ने गरिन्छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया