साउदी अरबका महिलाले पुरुष अभिभावकबिना विदेश यात्रा गर्न सक्ने

 भदौ ४, २०७६ बुधबार १७:२६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

साउदी अरबले २१ वर्षमाथिका महिलाहरुलाई पासपोर्ट लिन र कुनै पुरुषको संरक्षकको अनुमतिबिना विदेश यात्रा गर्ने अधिकारसम्बन्धी ऐतिहासिक सुधारलाई लागू गरेको छ । 

साउदी अरबका महिलाहरुको स्थितिलाई लिएर विश्वभरिबाट नै त्यसको आलोचना भएको थियो । मनवअधिकार आयोगले भनेको थियो, ‘साउदी अरबमा महिलाहरुलाई दोस्रो नागरिकका दर्जाका रुपमा लिइन्छ ।’ महिलाहरुलाई कुनै किसिमको महत्वपूर्ण निर्णय लिन पुरुष संरक्षकको निर्भर रहनु पर्दथ्यो ।

यी सुधारहरुको घोषणा यही महिनाको सुरुवातदेखि सुरु भएको थियो । गएको मंगलबारबाट यी सुधारहरु लागू गरिएको हो । यो कदमले प्रतिबन्धान्त्मक संरक्षकता प्रणाली कमजोर भएको छ, जुन लामो समयदेखि महिला दमनको प्रतीक थियो । 

विभागले सामाजिक सञ्जाल ट्विटरमा भनेको छ, ‘पासपोर्ट विभागले पासपोर्टको अवधि बढाउन, पासपोर्ट जारी गर्न र देश बाहिर यात्रा गर्न २१ वर्षमाथिका महिलाहरुलाई आवेदन दिन आह्वान गरेको छ ।’

यसअघि महिलाहरुलाई यी कामका लागि आफ्ना पुरुष संरक्षकहरु पति, पिता र अन्य पुरुषको सहमतिको आवश्यकता हुन्थ्यो । यसका अलावा साउदी अरबमा महिलाहरुलाई बच्चा जन्माउन, विवाह र सम्बन्ध विच्छेदको आधिकारिक रुपमा पञ्जीकृत गराउन पनि अधिकार दिइएको छ । 

यो सुधारलाई लिएर देश र अन्तर्राष्ट्रिय स्तरमा नै व्यापक प्रशंसा भएको छ । तर कट्टर रुढिवादीहरुले यसलाई ‘गैर इस्लामिक’ बताउँदै निन्दा गरेका छन् । 

अन्तिम अपडेट: मंसिर ५, २०७६

तपाईको प्रतिक्रिया