धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
धनुषा - जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका बालिका बलात्कार घटनाका आरोपी पुनः पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध शाखामा बयान दिने क्रममा प्रहरीको आँखा छल्दै फरार भएका सिरहा अर्नामा गाउँपालिका ३ का २० वर्षीय अभियुक्त राममणि यादव पुनः पक्राउ परेका हुन् ।
उनलाई मंगलबार राति साढे ९ बजे सिरहाको नेपाल भारत सीमा माडर नजिकबाट पुनः पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । भारतको मधुवनी जिल्लाबाट घर फर्किन लागेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको नेतृत्वमा खटिएको टोलीले अभियुक्त राममणिलाई पक्राउ गरेको हो ।
हाल धनुषा जनकपुरउप महानगरपालिका ८ बालुवाटोलमा डेरा गरी बसेर सेन्ट्रल इन्जिनियरिङ कलेजमा अध्ययन गर्दै आएका राममणिलाई डेरा नजिकै एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गएकाे साउन २४ गते प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद थप गरी अनुसन्धाको क्रममा हिरासतमा रहेका राममणिलाई प्रहरीले साउन ३० गते जिल्ला प्रहरी कार्यालय धनुषाकै अपराध अनुसन्धान शाखामा दिउँसो बयान लिइरहेको बेला उनी प्रहरीको आँखा छल्दै भागेका थिए ।
अभियुक्त भागेपछि बयान लिने प्रहरी सहायक निरीक्षक (असई) राज कुमार भण्डारीलाई निलम्बनसमेत गरिएको थियो भने घटनाको छानबिन गर्न धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीको संयोजकत्वमा ५ सदस्य छानबिन टोली समेत गठन गरिएको थियो । बलात्कारका आरोपी राममणि प्रहरीको विशेष खोजीको सूचीमा थिए ।
राममणिलाई भगाउन सघाएको आरोपमा प्रहरीले उनका ४ जना साथीलाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ । अभियुक्त राममणिका साथीहरु प्रमेश यादव, सूर्यनारायण मण्डल, राजकुमार यादव र रामप्रकाश यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक मुद्दा चलाएको हो । उनीहरु राममणिसँगै सेन्ट्रल इन्जिनियरिङ कलेजमा अध्ययनरत्त विद्यार्थी हुन् ।
अभियुक्तराममणि लगायत पक्राउ उनका साथीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।