१ लाख ९० हजार नक्कली भारु नाेटसहित पक्राउ परेका २ जना सार्वजनिक

 भदौ ७, २०७६ शनिबार ६:२७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – नक्कली भारु नोटसहित पक्राउ परेका दुई जनालाई पर्सा प्रहरीले पत्रकार सम्मेलन गर्दै शुक्रबार सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ बैरिया विर्ता घर भएका ३४ वर्षीय दिलिप साह र वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका ४८ वर्षीय जमील अख्तर रहेका छन् ।

उनीहरुको साथबाट दुई हजार दरका नक्कली भारु नोट ९५ थान अर्थात् १ लाख ९० हजार भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका दुवै जनालाई शंका लागेर बिहीबार प्रहरीले चेक गरेको थियो । 

चेकजाँच गर्दा उनीहरुको साथबाट दुई हजार दरका ९५ थान नक्कली भारु नोट बरामद गरेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया