गर्भवती बोकेको एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

 जेठ ७, २०७५ सोमबार ८:१२:५७ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यानमा आइतबार राति गर्भवती बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।

दुर्घटनामा बागचौर नगरपालिका –२ चिल्ढाले निवासी ४४ वर्षीया जानकी बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक बुढाथोकीको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा उपचारको क्रममा ज्यान गएको हो ।

यस्तै,  घाइते हुनेमा बागचौर नगरपालिका –२ चिल्ढाले निवासी २९ वर्षीया गर्भवती कल्पना चलाउने, ४६ वर्षीय केवल बुढाथोकी, ३५ वर्षीया डम्मरी बुढाथोकी र ४० वर्षीय राम बहादुर बुढाथोकी रहेका छन् । घाइते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको जिल्ला अस्पताल सल्यानका डाक्टर  प्रदीप शर्माले बताउनुभयो ।

राति १ बजेर २५ मिनेटमा बागचौर नगरपालिका –२ चिल्ढालेबाट गर्भवती महिला २९ वर्षीया कल्पना चलाउनेलाई प्रसुती गराउन प्राथमिक स्वास्थ्य केन्द्र थारमारे पुर्याउने क्रममा रा १ १३७ नम्बर को एम्बुलेन्स ठाटीखोलाको आग्रीमा दुर्घटनामा परेको हो ।

अन्तिम अपडेट: चैत १६, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया