नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
फ्रान्समा माहुरीको विनास गर्ने पाँच वटा कीटनाशक विषादीलाई प्रतिबन्ध लगाउने पहिलो देश भएको छ । माहुरी संरक्षणका लागि फ्रानसले क्लोथियानिडिन, इमिडाक्लोप्रिड, थियामेथोक्साम, थियाक्लोप्रिड र एसतामिप्रिड नामक किटनाशकलाई प्रतिबन्ध लगाएको हो ।
यी विषादीले मौरीको अस्तित्व नै हराउन लागेको निक्र्योल गर्दै प्रतिबन्ध लगाइएको फ्रान्सले जनाएको छ । यसअघि युरोपेली सँघ इयूले गएको महिनादेखि बालिनालीमा क्लोथियानिडिन, इमिडाक्लोप्रिड र थियामेथोक्साम प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।
अध्ययनले नियोनिकोटिनोइडस्ले मौरीको शुक्राणु गणनालाई काटेर स्मरणशक्तिमा ह्रास ल्याउने देखाएको थियो । वातावरण र माहुरी संरक्षणको क्षेत्रमा काम गर्दै आएकाहरुले प्रतिबन्धको समर्थनमा खुशीयाली मनाएका छन् ।
तर ती किटनासकको प्रतिबन्धले हानिकारण किराले बालीमा क्षती गर्न सक्ने भन्दै किसानले भने चिन्ता व्यक्ति गरेका छन् । संयुक्त राष्ट्र संघले गएको वर्ष ४० प्रतिशत परागसेचन गर्ने जीव विशेषगरी माहुरी र पुतली लोप हुने जोखिम रहेको जनाएको थियो ।
अब यी किटनाशक हरितगृहमा समेत प्रयोग गर्न पाइने छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।