नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
पाकिस्तान पुनः एक पटक भारतको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने तयारी गरेको छ । पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसैन चौधरीले यसबारे घोषणा गरेका हुन् ।
मन्त्री चौधरीले पाकिस्तानले आफ्नो हवाई क्षेत्र पूर्णरुपमा भारतको लागि बन्द गर्ने सम्बन्धमा विचार गरिरहेको उनले बताएका छन् ।
Ch Fawad Hussain (@fawadchaudhry) August 27, 2019
अफगानिस्तानसँगको कारोबारमा भारतले पाकिस्तानी जमिनको प्रयोग गर्दै आइरहेको छ र यसमा पनि प्रतिबन्ध लगाउने चौधरीले बताए । चौधरीले यसका लागि कानुनी औपचारिकता पूरा हुने क्रममा रहेको र चाँडै नै प्रभावमा आउने बताए ।
फवाद हुसैन चौधरीले ट्वीटमा लेखेका छन् ‘प्रधानमन्त्री भारतका लागि पाकिस्तानी हवाई क्षेत्रमा पूर्णरुपमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहनु भएको छ । योसँगै अफगानिस्तानसँगको कारोबारमा भारतले पाकिस्तान रुटको प्रयोग गर्दै आइरहेको छ र यसमा प्रतिबन्ध लगाउनेबारे क्याबिनेटमा कुरा पनि उठेको छ । केही कानुनी औपचारिकता बाँकी छ, यो फैसला विचाराधीन छ । मोदीले सुरु गरेका हुन् र हामी समाप्त गर्छाैँ ।’
मन्त्री चौधरीको यो बयान पाकिस्तानी प्रधानमन्त्री इमरान खानको राष्ट्रको नाममा सम्बोधनपछि आएको हो । इमरान खानले सम्बोधनका क्रममा कश्मीरलाई लिएर पाकिस्तान चुप लागेर नबस्ने बताएका थिए ।
फवाद चौधरीको बयानलाई लिएर भारतमा पाकिस्तानका उच्च आयुक्त समेत रहेका अब्दुल बासितले ट्वीट गर्दै भने, ‘यी कुराहरुको फैसला अघि नै तपाईं किन सार्वजनिक गर्दै हुनुहन्छ ? यो असमझदारीपूर्ण राजनीति र लापरवाहीपूर्ण कूटनीतिको पहिचान हो ।’
— Abdul Basit (@abasitpak1) August 27, 2019
यसअघि भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेपछि पाकिस्तानले भारतलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।