नाडा अटो शो : गाडी कर्जामा बैंकहरुबीच प्रतिस्पर्धा (कुन बैंकको ब्याजदर कति ?)

 भदौ ११, २०७६ बुधबार ११:५५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा नयाँ गाडी र मोटरसाइकलको आकर्षण त छँदैछ, बैंकहरुले पनि ग्राहकलाई आकर्षण थप्ने काम गरेका छन् ।

वाणिज्य बैंकहरुले सस्तो ब्याजदरको गाडी कर्जा ल्याएका छन् । विद्युतीय गाडीमा ग्राहकको आकर्षण देखिएपछि केही बैकहरुले यस्तै गाडीमा आकर्षक ब्याजदरमा ऋण योजना ल्याएका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ वर्षको लागि आधारदर ७ दशमलव ६३ प्रतिशतमा १ दशमलव ७६ प्रतिशत प्रिमियम गरी ९ दशमलव ३९ प्रतिशतमा गाडी कर्जा उपलब्ध गराएको छ । एनआईसी एशिया बैंकले ७ वर्षे अवधिको लागि ९ दशमलव ५ प्रतिशतले कर्जा उपलब्ध गराएको छ ।

सानिमा बैंकले ९ वर्षे अवधिको लागि ९ दशमलव ३४ प्रतिशत आधारदरमा १ दशमलव १५ प्रतिशत प्रिमियम  गरी १० दशमलव ४९ प्रतिशतमा कर्जा दिने जनाएको हो ।

जनता बैंक र ग्लोबल आईएमई बैंकले सात वर्षे अवधिको लागि ९ दशमलव ९९ प्रतिशतमा गाडी कर्जा दिने घोषणा गरेका छन् । दुवै बैंक मर्जर प्रक्रियामा छन् ।

नबिल बैंकले पनि सात वर्षे अवधिको लागि आधारदर ८ दशमलव ०९ प्रतिशतमा १ दशमलव ५० प्रतिशत प्रिमियम गरी ९ दशमलव ५९ प्रतिशतमा गाडी कर्जा दिने जनाएको छ ।

एभरेष्ट बैंकले ५ वर्षसम्मको कर्जाको लागि आधारदर ८ दशमलव १२ प्रतिशतमा १ दशमलव ५५ प्रतिशत प्रिमियम गरी ९ दशमलव ६६ प्रतिशत र सात वर्षे कर्जा योजनाको लागि ८ दशमवलव १२ प्रतिशत आधार दरमा २ प्रतिशत प्रिमियम गरी १० दशमलव १२ प्रतिशतमा कर्जा दिने जनाएको हो ।

लक्ष्मी बैंकले ८ वर्षे अवधिको लागि १० दशमलव ३१ प्रतिशतमा गाडी कर्जा छुट्याएको छ । 

माच्छापुछ्रे बैंकले १० वर्षे अवधिको लागि आधारदर १० दशमलव ३७ प्रतिशतमा ० शुल्क ६२ प्रतिशत प्रिमियम शुल्क लिने जनाएको छ ।

हिमालयन बैंकले ८ वर्षे अवधिको लागि ९ दशमलव ०५ प्रतिशत आधारदरमा ० दशमलव ९० प्रतिशत थप प्रिमियम गरी ९ दशमलव ९५ प्रतिशत गाडी कर्जा दिने भएको छ ।

बैंक अफ काठमाण्डूले पनि ८ वर्षे अवधिको लागि ९ दशमलव ९८ प्रतिशत आधार दरमा १ दशमलव ५ प्रतिशत प्रिमियम गरी ११ दशमलव ४८ प्रतिशतमा गाडी कर्जाको घोषणा गरेको छ ।

सांग्रिला बैंकले ११ दशमलव ६६ प्रतिशतमा ७ वर्षको गाडी कर्जा उपलब्ध गराउने भएको छ । बैंकका अनुसार कर्जा  लिदा ० दशमलव ७५ प्रतिशत सेवा शुल्क लाग्नेछ ।

एनएमबी बैंकले १३ दशमलव ५ प्रतिशत ब्याजदरमा गाडी कर्जा उपलब्ध गराएको छ ।

सिभिल बैंकले ७ वर्षदेखि १० वर्षसम्मको अवधिका लागि ११.११ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

नेपाल एसबीआई बैंकले ९ दशमलव ०९ प्रतिशत तोकेको छ ।

यसैगरी नबिल, एभरेष्ट, स्टान्डर्ड चार्टर्ड, एनएमबी, सानिमा, लक्ष्मी लगायत बैंकले विद्युतीय गाडीका लागि पनि कम ब्याजदरमा कर्जा घोषणा गरेका छन् । एनएमबीले नाडो अटो शोलाई लक्षित गर्दै विद्युतीय गाडीको लागि ९ दशमलव ९ प्रतिशतमा कर्जा ल्याएको छ । यस्तै नबिल बैंकले विद्युतीय गाडीमा ८० प्रतिशत फाइनान्सको सुविधा दिने बताएको छ ।

लक्ष्मी बैंकले विद्युतीय गाडीको लागि ९ दशमलव ५ प्रतिशत आधार दरमा १ प्रतिशत प्रिमियम थप गरेर १० दशमलव ५ प्रतिशतमा कर्जा दिने जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया