जम्मू–कश्मीरका ५० हजार युवालाई रोजगारीको घोषणा

 भदौ १२, २०७६ बिहिबार ८:१५:३५ | रासस
unn.prixa.net

भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मू–कश्मीर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ । 

राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गरेका हुन् । उनले आगामी दुईदेखि तीन महिनाभित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने पनि स्पष्ट पारे। उनले भने, ‘जम्मू–कश्मीर प्रशासनिक क्षेत्रका ५० हजार युवालाई रोजगारी दिनेछौँ’ । 

उनले सबै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा मलिकले भने,‘आउँदो दुईदेखि तीन महिनामा यी सबै पदमा पदपूर्ति गर्नेछौँ’।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया