बुटवलमा मालपाेतका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ

 भदौ १२, २०७६ बिहीबार १६:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे १ लाख २० हजार रुपैँया घुस लिँदालिँदै पक्राउ परेका छन् ।

जग्गा नामसारी र लालपुर्जा दिने काम सजिलाे बनाइदिने भन्दै सेवाग्राहीसँग १ लाख २० हजार रुपैयाँ घुस लिइरहेको बेला खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डेलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया