गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुविरुद्धको जनचेतनामूलक अभियानमा एकजुट हुन सबैलाई आह्वान गरको छ ।
बिहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अन्तरक्रियामा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गर्नुभएको हो ।
पछिल्लो समय डेंगुको संक्रमण नियन्त्रण भन्दा पनि विस्तार हुने क्रममा रहेको र सरकार एक्लैको प्रयासमा मात्रै नियन्त्रण गर्न नसकिने भन्दै उहाँले जनचेतना अभिवृद्धिको साथै आवश्यक सतर्कता अपनाउने सवालमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले डेंगु नियन्त्रणका लागि आवश्यक परे सेना र प्रहरी पनि परिचालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘डेंगुको लागि सबैको पत्रकार, नागरिक समाज, डाक्टर सबैको सहभागितामा अभियान नै चलाउनु पर्छ, आवश्यक परे पुलिस र सेना सबै मिलेर डेंगुलाइ परास्त गरौँ ।’
कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले दशैँको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिने सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउनेतर्फ तयारी भैरहेको बताउनुभयो । उहाँले डेंगुको बहुआयामिक लक्षण देखिने भएकाले विशेष पहिचान गरी मृत्युदर घटाउनेतर्फ उपचारलाई केन्द्रित बनाउनुपर्ने बताउनुभयो । तीन तहका सरकारका आ-आफ्ना क्षेत्राधिकार रहेकाले यससम्बन्धी जनचेतना अभिवृद्धिको साथै आवश्यक अनुगमनका लागि भने केही समस्या देखिएको बताउनुभयो ।
देशका ४२ जिल्लामा देखिएको डेंगुको संक्रमणबाट अहिलेसम्म १ हजार ५ सय ३७ जना बिरामी परेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय विश्वका आधाभन्दा बढी जनसंख्या डेंगु रोगको जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी प्रत्येक वर्ष ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुको साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।
डेंगुको संक्रमण ३ देखि १० दिनसम्म रहने र यस समयमा बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरीरमा रातो रातो बिमिराहरु देखा पर्ने चिकित्सकहरुले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।