युरोपेली च्याम्पियन्स लिगको ड्र सार्वजनिक, कुन समूहमा कुन-कुन टिम परे ?

 भदौ १२, २०७६ बिहिबार २३:३८:३० | एजेन्सी
unn.prixa.net

युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनको ड्र सार्वजनिक भएको छ । सार्वजनिक भएको खेलतालिका अनुसार डिफेन्डिङ च्याम्पियन लिभरपुल समूह ईमा परेको छ । 

लिभरपुलसँगै यो समूहमा इटालियन क्लब नापोली, अष्ट्रियाको साल्ज्बर्ग र बेल्जियमको जेन्क छन् । 

समूह एमा प्रतियोगिताको सबैभन्दा सफल टिम रियल मड्रिडसँगै फ्रान्सको पीएसजी, बेल्जियमको क्लब ब्रुगे र टर्कीको गलातासारे छन् ।

समूह बीमा बेल्जियमको रेड स्टार बेल्ग्रेड, जर्मन क्लब बायर्न म्युनिख, गत संस्करणको उपविजेता इंग्लिस क्लब टोटनह्याम र ग्रिसको ओलम्पियाकोस परेका छन् ।

यस्तै समूह सीमा इंग्लिस क्लब म्यानचेस्टर सिटी, युक्रेनको शाक्टर डोनेस्ट्क, क्रोएसियाको डाइनामो जाग्रेव र इटालियन क्लब एटलान्टा छन् । एटलान्टा पहिलो पटक च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको हो ।

समूह डीमा इटालियन च्याम्पियन युभेन्टस, स्पेनिस जायन्ट एट्लेटिको मड्रिड, जर्मन क्लब बायर लिभरकुसेन र रसियन क्लब लोकोमोटिभ मस्कोभा छन् । 

स्पेनिस च्याम्पियन बार्सिलोना समूह एफमा छ । समूह एफमा जर्मन क्लब बोरुसिया डोर्टमण्ड, इटालियन क्लब इन्टरमिलान र चेक गणतन्त्रको स्लाभिया प्राग छन् ।

समूह जीमा रसियन क्लब जेनिट, पोर्चुगिज क्लब बेन्फिका, फ्रेन्च क्लब लियोन र जर्मन क्लब लिप्जिक छन् ।

इंग्लिस क्लब चेल्सी समूह एचमा छ । यो समूहमा डच क्लब आयाक्स, स्पेनिस क्लब भ्यालेन्सिया र फ्रेन्च क्लब लिल छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया