सल्यानमा माछा मार्ने क्रममा एक जनाको ज्यान गयो
बैशाख १०, २०८२ बुधबार
भारत जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि साउदी अरब भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किनुभएको छ ।
उहाँले भ्रमण छोट्याएर फर्किनुभएको हो । मोदीले विमानस्थलमा नै आक्रमणको घटनाबारे जानकारी लिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै घटनाको विषयलाई लिएर भारतीय सुरक्षा समितिको बैठक बस्दै छ ।
जम्मू–कश्मीरको पहलगाममा आतङ्ककारीको आक्रमणबाट कम्तीमा २६ जनाको ज्यान गएको छ । जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशीमध्ये एक नेपाली र एक यूएईका नागरिक रहेका प्रारम्भिक विवरण छ । त्यस्तै आक्रमण परी केही घाइते भएका छन ।
आक्रमणको जिम्मेवारी लश्कर–ए–तैयबा नामक पाकिस्तानको आतङ्कवादी समूहको छायाँ सङ्गठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।