रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान शुरू...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – सुडान घोटाला काण्डका दोषी शम्भू भारती पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।
भारतीलाई फैसला कार्यान्वयनका लागि शुक्रबार सर्वोच्च अदालतमा बुझाउने उहाँले जानकारी दिनुभयो ।
भारती एस्योर्ड रिस्क कम्पनी लिमिटेड, बेलायतका नेपाली प्रतिनिधि ठेकेदार थिए ।
प्रहरीका लागि बस्दोबस्तीका सामान आपूर्ति गर्ने ठेकेदार कम्पनी बेलायतको एस्योर्ड रिस्क कम्पनीलाई २८ करोड ४० लाख १६ हजार ६ रुपैयाँ ७ पैसा जरिवाना सुनाउँदै यो रकम कम्पनीका सञ्चालक बेलायती नागरिक माइकल राडर र नेपाली प्रतिनिधि ठेकेदार शम्भू भारतीसँगबाट आधा–आधा भराउने निर्णय गरेको थियो ।
विशेष अदालतले पूर्व प्रहरी महानिरीक्षकहरु ओमविक्रम राणासँगबाट १७ करोड ६ लाख ८ सय २४ रुपैयाँ ७४ पैसा, हेमबहादुर गुरुङबाट ६ करोड ४८ लाख ७० हजार ७ सय ९२ रुपैयाँ ५० पैसा र रमेशचन्द्र ठकुरीबाट ४ करोड ८५ लाख ४४ हजार ३ सय ८८ रुपैयाँ ८३ पैसा जरिबाना तिराउने फैसला गरेको थियो ।
सुडानमा खटिएको प्रहरी टोलीका लागि आवश्यक सामग्री खरिदमा भएको करोडौँको भ्रष्टाचार काण्ड नै सुडान घोटालाका नामले चर्चित रहेको छ । २०६४ सालमा भएको यो काण्डलाई सर्वोच्च अदालतले राष्ट्रिय लज्जाको विषय भएको बताएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।