चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
सुर्खेत - सुर्खेतमा मरेका गाईगाेरुको संख्या ३४ पुगेको छ ।
नेपालगञ्ज महानगरपालिकाले नियन्त्रणमा लिएर कान्जिहाउसमा राखेका छाडा गाइगोरु (चौपाया) दैलेख लैजाने भन्दै ल्याएर शुक्रबार सुर्खेतका जंगलमा छाडिएका थिए । यसै क्रममा वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २५ वटा र बेउरेनी जंगलमा ९ वटा मृत भेटिएका हुन् ।
शनिबार १ सय ४४ वटा गाईगोरु नेपालगञ्ज फिर्ता पठाइएको प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो । गाइगोरु ल्याउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जंगलमा मरेका भेटिएका छन् । केहीलाई नेपालगञ्ज पठाइसकिएको छ । मरेका गाइहरुको व्यवस्थापन गर्ने काम भयो । हामीले चालकसहित ट्रकहरुलाई नियन्त्रणमा लिएर कसरी गाईगाेरु मरे भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ ।’
नेपालगञ्जबाट दैलेखको श्रीस्थानमा पाल्नकाे लागि भन्दै २ सय ९१ वटा गाइगोरु लैजान जिल्ला प्रशासन कार्यालय बाँकेले अनुमति दिएको थियो । तर बीच बाटाेमै गाई अलपत्र छोडेर हत्या गरेको भन्दै चौतर्फी आलोजना भइरहेको छ । जंगलमा ल्याएर गौ हत्या गरेको भन्दै शनिबार वीरेन्द्रनगरमा दोषीलाई कार्वाहीको माग गर्दै विरोध कार्यक्रमको आयोजना समेत गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।