आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकाको मिजौरीमा मंगलबार भएको दुर्घटनामा तीन जना नेपालीको ज्यान गएको छ ।
दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा श्रद्धा खनाल ओझा र उनका परिवारको ज्यान गएको जोप्लिन पुलिस डिपार्टमेन्टले जनाएको छ ।
कार श्रद्धाका श्रीमान् प्रभास ओझाले चलाएका थिए । दुर्घटनामा श्रद्धासहित उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनालको ज्यान गएको हो ।
गम्भीर घाइते चालक प्रभास र अर्का एक जनाको उपचारका लागि स्थानीय अस्पताल लगिएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको अमेरिकाबाट सञ्चालित हिमालय खबरले जनाएको छ ।
मंगलबार करिब दिउँसो तीन बजेतिर प्रिगमोर एभेन्यूमा दुई वटा कार एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।