दोलखामा फैलियो खोरेत रोग, ५ हजारभन्दा बढी पशु घाइते

 असार २९, २०७५ शुक्रबार ७:१०:५१ | उषा तामाङ

दोलखा – जिल्लाको सात स्थानीय तहमा ५ हजारभन्दा बढी पशु खोरेत रोगबाट संक्रमित भएका छन् । किसानले पालेका गाई, गोरु, भैँसी, भेडा, बाख्रा र बंगुरलगायतका पशुमा खोरेत रोगको संक्रमण बढेपछि स्थानीय किसानहरु त्रसित छन् । 

जेठ महिनाबाट फैलिएको यो रोगबाट कम्तीमा पनि १ सयभन्दा बढी पशु मरेका छन् । किसानले प्रत्येक पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाउनु पर्ने हुन्छ, भ्याक्सिन नलगाए पछि यो रोग फैलिएको जिल्ला पशु सेवा कार्यालय दोलखाको भनाइ छ । 

गएका वर्षमा जिल्ला पशु सेवा कार्यालय दोलखाले खोरेत रोग विरुद्धको भ्याक्सीनका लागि बजेट विनियोजन गर्दै खोरेत विरुद्धको भ्याक्सिन लगाउँदै आइरहेको थियो । तर यो वर्ष स्थानीय तहले बजेट नछुट्याए पछि पशु सेवा कार्यालयले खोरेत विरुद्धको भ्याक्सिन नदिएकोले यो रोग फैलिएको हो ।

दोलखाको मेलुङ र शैलुङ गाउँपालिकामा भने यो रोग फैलिएको छैन ।

दोलखाका किसानले पालेका जनावरमा खोरेत रोगको संक्रमण देखा परे पछि किसानहरु चिन्तित छन् । विशेषगरी गोरुको अत्याधिक प्रयोग हुने समयमै खोरेत रोगको संक्रमण देखा परे पछि किसानहरु थप मर्कामा परेका हुन् । 
खोरेत रोग लाग्दा खुरमा घाउ आउने भएकाले गोरु हिँड्न सक्दैनन् । जसले गर्दा रोपाई प्रभावित बनेको किसानहरु गुनासो गर्ने गर्छन् ।

दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ४ गुमुका किसान धन कार्कीले बाली लगाउने समयमा गोरु बिरामी परे पछि समस्या भएको बताउनुभयो गुमुमा किसानका ३० हल गोरुसहित अन्य पशु विरामी परेका छन् । किसानहरुले जिल्ला पशु सेवा कार्यालयमा र स्थानीय निकायमा पटक–पटक खबर गर्दा पनि कतैबाट रोग नियन्त्रणको प्रयास नभएको दुखेसो पोखे । 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया