डेंगी रोग लागेको शंका लागेमा डाक्टरको सल्लाहमा मात्र परीक्षण गर्न आग्रह

 भदौ २१, २०७६ शनिबार ९:३०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – डेंगी रोग लागेको शंका लागेमा डाक्टरको सल्लाहमा मात्र परीक्षण गर्न सरकारले आग्रह गरेको छ ।

डेंगी हो कि होइन भनेर परीक्षण गरिने र्‍यापिड डाइग्नोष्टिक टेष्ट किट (आरडीटी) को माग धेरै बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टरको सल्लाहमा मात्र डेंगी परीक्षण गर्न आग्रह गरेको हो ।

मन्त्रालयले सूचना निकालेर ज्वरो आएका सबैलाई डेंगी नहुने भएकाले डाक्टरको सल्लाहबिनै परीक्षण गर्नुनपर्ने जनाएको हो । विभिन्न जिल्लामा डेंगीले प्रकोपको रुप लिएपछि विभिन्न अस्पतालबाट परिक्षण किटको माग अत्यधिक भएपछि आफूखुशी परीक्षण नगर्न आग्रह गरेको हो ।

यस वर्ष डेंगीका कारण अहिलेसमम चारजनाको ज्यान गएको पुष्टि गरेको छ । गएको वर्ष यो रोगको सङ्क्रमणबाट तीन जनाको ज्यान गएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेक लालले डेंगी सङ्क्रमण कम गर्न छ करोड १७ लाख रुपैयाँ पठाइएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया