गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – सर्वोच्च अदालतले जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सरकारलाई आदेश दिएको छ ।
उहाँकी श्रीमती मोनिका गुरुङले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले पत्रकार हमाललाई सोमबार पक्राउ गर्नुको कारणसहित अदालतमा पेश गर्न आदेश दिएको हो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य समेत रहेका हमालको गिरफ्तारी गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि प्रहरीले सर्वोच्च अदालतको गेटबाटै फेरि पक्राउ गरेपछि श्रीमतीले बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गर्नुभएको हो ।
हमाललाई भदौ ६ गते कास्कीको सिसुवाबाट प्रहरीले पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।