असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – शुक्रबारदेखि एक साथचार सिनेमा प्रदर्शनमा आएका छन् । सशस्त्र प्रहरीको कथामा आधारित सिनेमा ‘वीरागंना’ सँगै बाबु कान्छा, बोबी र यो पागल मन आजदेखि प्रदर्शनमा आएका हुन् ।
‘वीरागंना’मा अनुप विक्रम शाही र शिल्पा पोख्रेल मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यो सिनेमा प्रचार प्रचारमा त्यति ध्यान नदिएको पाइन्छ । अभिनेत्री शिल्पा र पृथ्वीराज प्रसाईँले केही अन्तर्वार्ताहरु दिए पनि सिनेमाका मुख्य कलाकार भनिएका अनुपले प्रचारको लागि समय नै दिएनन् । राजबहादुर सानेको निर्देशनमा तयार भएको यस सिनेमामा घोडा र बाँदरलाई समेत एक्शन अवतारमा प्रस्तुत गरिएको छ ।
उता मिलन चाम्सको निर्देशनमा तयार भएको सिनेमा ‘बोबी’ पनि आजैबाट प्रदर्शनमा आएको छ । वास्तविक जोडी उमेश थापा र कविता गुरुङ्गको प्रेम कथालाई यो सिनेमामा उतारिएको छ । सिनेमामा उमेश र कविता नै मुख्य भूमिकामा प्रस्तुत भएका छन् । बुधबार काठमाडौंको कुमारी हलमा सिनेमाको प्रिमियर गरिएको थियो जसबाट सिनेमाले प्रशंसा बटुल्यो । प्रिमियरमा प्रशंसा पाएपछि सिनेमाले राम्रो कारोबार गर्नेमा निर्माण पक्ष आशावादी रहेको छ ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमालाई नरेश भट्टराई र गिरीराज घिमिरेले लेखेका हुन् ।
अभिनेता सलोन बस्नेत र करिष्मा श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘बाबु कान्छा’ पनि आजैदेखि प्रदर्शनमा आएको छ । प्राय सिनेमामा सहायक भूमिकामा प्रस्तुत हुँदै आएका सलोनले मुख्य भुमिका निर्वाह गरेको यस सिनेमालाई शोभित बस्नेतले निर्देशन गरेका हुन् । सिनेमामा सलोनले वास्तविक प्रेमिका करिष्मासँग रोमान्स गरेका छन् ।
‘यो पागलमन’ले पनिआजै प्रदर्शन हुने अवसर पाएको छ । तीनवर्ष अगाडि निर्माण भएको यो सिनेमा प्रचार प्रसार बिना नै प्रदर्शनमा आएको छ । सिनेमाकी मुख्य अभिनेत्री ऋचासिंह ठकुरीले पनि सिनेमाको प्रचार प्रसारको लागि खासै समय दिइनन् । उताकलाकार विनोद न्यौपाने पनि सिनेमाको प्रचार प्रसारमा त्यति सक्रिय रहेनन् । यही कारण पनि यो सिनेमाका बारेमा दर्शकलाई खासै जानकारी छैन ।
कल्याण अधिकारीले निर्देशन रहेको यस सिनेमामा गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमालाई विरेन्द्रकुमार यादव र कल्याणले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
–उज्यालाे गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।