पेस्तोल र ६ थान गोलीसहित भक्तपुरबाट एक जना पक्राउ

 भदौ २४, २०७६ मंगलबार २०:४८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - महानगरीय प्रहरी वृत्त भक्तपुरले एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । 

सुराकीका आधारमा प्रहरीले सूर्यविनायक नगरपालिका-९, भातेढिकुरको सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका व्यक्तिले बोकेको झोला खानतलासी गर्दा प्रहरीले पेस्तोल र गोलीसहित भेटेपछि पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।

खानतलासी गर्दा पेस्तोल र गोलीसहित प्रहरीले बारा जिल्ला, फेटा गाउँपालिका-३ बस्ने ४१ वर्षका शम्भु प्रसाद शाह कानुलाई पक्राउ गरेको पोखरेलले बताउनुभयो । 
प्रहरीले शाहले कम्मरमा लुकाइ ल्याएको अवस्थामा १ राउण्ड गोली, चेम्बरमा लोड गरेको अवस्थामा रहेको कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ५ थान सहित पक्राउ गरेको बताएको छ ।

पक्राउ परेका शाहलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मंगलबारै म्याद थप गरी अनुसन्धान सुरु गरेको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया